Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हारेको भए पनि म निराश हुन्न, अझै मेहनत गर्छु : गगन थापा


    बुधबार, पुष ६ २०७९
    800
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवासँग पराजित भए पनि आफू निराश नहुने बताएका छन्। 

    बुधबार बिहान कांग्रेस संसदीय दलको निर्वाचनमा पार्टी सभापति देउवासँग पराजित भएपछि महामन्त्री थापाले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । थापाले पार्टीको महामन्त्री र सांसदको रुपमा आफू काम गर्ने पनि स्पष्ट पारे। 
     
    थापाले भने, ‘‘म कांग्रेसको महामन्त्रीको रुपमा काम गर्छु। नेपाली कांग्रेसको सांसद हुँ। सांसदको रुपमा काम गर्छु। नेपाली कांग्रेसले संसदीय दलको नेता नयाँ पाउनुपर्छ भन्ने मैले ठानेको हो। मेरा लागि यो अपेक्षाकृत परिणाम होइन। मैले यो भन्दा धेरै राम्रो हुन्छ भन्ने सोचेको थिएँ। तर यसबाट म थाक्दा पनि थाक्दिन, निराश पनि हुन्न। अरु थप मेहनत गर्छु।’’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार