काठमाडौँ। मंगलबार ओरालो लागेको सुनको मूल्य आज भने उकालो लागेको छ। नेपाली सुन-चाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले बढेको हो।
मङ्गलबार सामान्य गिरावट भएर प्रतितोला रु एक लाख चार सयमा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला रु एक लाख एक हजार दुई सय निर्धारण भएको छ।
आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख सात सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु २५ ले वृद्धी भई प्रतितोला रु एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ । मंगलबार चाँदीको मूल्य ५ रुपैयाँले घट्दै तोलामा १३ सय ७५ रुपैयाँ कायम रहेको थियो।