Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड निवासका ड्राइभर र भान्सेमा कोरोना पुष्टि


    बुधबार, साउन २८ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरुमा एक जना ड्राइभर र एक जना भान्से रहेका छन् ।

    प्रचण्डकी छोरी गंगा दाहालको सवारी चलाउने ड्राइभर र सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका भान्सेमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो।

    यसअघि प्रचण्डको बाहिरी सुरुक्षामा तैनाथ ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि अध्यक्ष प्रचण्डसहित परिवारका सदस्यहरु अहिले होम क्वारेन्टिनमा बसेका छन्। 

    प्रचण्ड परिवारको पहिलो चरणको कोरोना परीक्षण रिपोर्ट नगेटिभ आएको थियो भने अब केही दिनमा फेरि परीक्षण गर्ने बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार