विराटनगर । नेकपाकी प्रदेश सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको श्रीमानमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि जाँच गर्दा नतिजा कोरोना पोजेटिभ आएको सांसद श्रेष्ठले बताइन् । अहिले स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिएकी छन् ।
यसअघि प्रदेश १ का न्यायाधीवक्ता चूडामणि आचार्यलाई कोरोना संक्रमण देखिएको थियो । परिवारसहित उनी आइसोलेसनमा छन् ।
सांसद श्रेष्ठले सामाजिक सन्जालमा स्टाटस लेख्दै एक सातादेखि आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई सावधान रहन र आवश्यक परे स्वास्थ्य परीक्षण गराउन आह्वान गरेकी छन् ।