Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ


    मंगलबार, पुष ५ २०७९
    890
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। भक्तपुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पुरूषलाई प्रहरीले पक्राउ गरेको छ।

    सूर्यविनायक नगरपालिका-४ मोर्डन चोक बस्ने सर्लाही हरिपुर नगरपालिका-६ का २९ वर्षीय महमद आरिफ शेखलाई प्रहरीले पक्राउ गरेको हो। 

    उनले ती किशोरीलाई सूर्यविनायक नगरपालिका-४ मोर्डन चोकमा लगेर आइतबार राति बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। 

    यस घटनाको थप अनुसन्धान प्रहरीले गरिरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार