Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देहीमा माओवादी कमजोर, जिल्ला इञ्चार्जले दिए राजीनामा


    सोमबार, पुष ४ २०७९
    825
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला  इञ्चार्ज एवं मुस्लिम मुक्ति मोर्चाका  इञ्चार्ज हकिकुल्ला खाँले पदबाट राजीनामा दिएका छन् । माओवादीका केन्द्रीय सदस्यसमेत रहेका खाँले जिल्लामा पार्टीको अवस्था अत्यन्त कमजोर भएको भन्दै राजीनामा दिएका हुन् ।

    रुपन्देहीमा एक जना पनि प्रत्यक्षतर्फ उम्मेदवार विजयी गराउन नसकिएको उल्लेख गर्दै उनले पार्टीको समानुपातिकमा पनि २०७४ सालको निर्वाचनमा भन्दा निकै कम मत आएको बताए । 

    उनले मुस्लिम कलस्टर नै कोल्याप्स भएकाले नैतिक रुपमा पार्टीको नेतृत्वमा रहिरहन नमिल्ने भएकाले आफूले पदबाट राजीनामा दिएको जिकिर गरे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार