Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनकपुरका पूर्वमेयरको कोरोना संक्रमणबाट मृत्यु


    बुधबार, साउन २८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । धुनषाको जनकपुरका पूर्वमेयर एवं व्यवसायी कृष्ण गिरीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

    पूर्वमेयर गिरीको गएराति काठमाडौंको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। उनको उपचारका क्रममा मंगलबार राति १२ बजे मृत्यु भएको परिवारजनले बताएका छन्।

    जनकपुरधाममा होटेल रामा सञ्चालन गरिरहेका उनलाई कोरोना संक्रमण भएपछि १५ दिन अघि काठमाडौं ल्याइएको थियो। ७३ वर्षीय गिरी मुटु रोगबाट पीडित थिए। उनलाई एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार