काठमाडौँ । बारामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज दिउँसो निजगढमा भएको मोटरसाइकल दुर्घटनामा उनको ज्यान गएको हो ।
बाराको निजगढ नगरपालिका(१ सिंगौल बस्ने ४७ वर्षीय भोलाप्रसाद तिमल्सिनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
उनी चढेको ना ३४ प ८३३१ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना ६ ख २२६१ नम्बरको ट्रकमा धन्सार पुल नजिकै ठोक्किएको थियो । दुर्घटनामा ज्यान गुमाएका भोलाको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।