Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मृत्युमा समेत राजनीतिक कुचेष्टा गरियोः पूर्व संचार मन्त्री बस्नेत


    बुधबार, साउन २८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वसूचना तथा सञ्चार मन्त्री नेपाली कांग्रेसका केन्द्रीय सदस्य पार्टी खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतका ८४ बर्षीय खड्गबहादुर बस्नेतको मृत्युमा समेत राजनीतिक कुचेष्टा गरिएकोमा उनले खेद प्रकट गरेका छन् । आफ्ना स्वर्गीय पिताको काजकिरियामै रहेका बस्नेतले हस्पिटलबाट जबर्जस्ती पीसीआर रिपोर्ट नआई शव लागिएको भन्ने भ्रामक समाचार सम्प्रेषण गर्ने सन्चार माध्यमप्रति गहिरो खेद प्रकट गरेका छन् । बस्नेतका बुबाको मृत्युु दुवै किड्नीको खराबीका कारणले २०७७ साउन २२ गते ११.४५ मा भएको थियो ।

    बस्नेतले बुबाको मृत्यु र कोरोना संक्रमण देखिएकोबारेमा सामाजिक संजालमा लेखेका छन्–उपचारमा संलग्न स्वास्थ टिमले तुरुन्त शव निकाल्नु भन्दाभन्दै भोलिपल्ट बिहान ७ बजेमात्र शव निकालिएको सम्पूर्णमा जानकारी गराउदछौं । शिक्षण अस्पतालमा उपचारका लागि लैजादा उहाँको सुरुमा पीसीआर नेगेटीभ देखिएको थियो ।
    पहिला उपचारपछि घरमै आराम गरिरहनु भएका उहाँको स्वास्थ्यमा पुन समस्या आएपछि मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयुमा भर्ना गरिएको थियो ।

    डाक्टरहरुको टिमले दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको हामीलाई जानकारी गराएपछि अन्तिम संस्कारका लागि बाह्रविसे लगिएको हो । दुवै किड्नी ड्यामेज भएको कारणले मृत्यु भएको जानकारीपछि दाहासंस्कारमा धेरै शुभचिन्तकहरुको सहभागिता रहेको थियो तर मृत्यु भएको ६ घण्टामा आउने रिपोर्ट एक सातापछि कोरोना लागेर मृत्यु भएको स्वास्थ्य मन्त्रालयबाट समाचार सम्प्रेषण हुन्छ भने यसमा मृतक पक्षको कुनै कमजोरी नरहेको जानकारी गराउदछौं । यदि कोरोना संक्रमण नै थियो भने किन राती नै शब लैजाऊ भन्ने अमानवीय हर्कत भयो ?’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार