Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रामेछापमा बाघको आक्रमणबाट एक किशोर घाइते


    सोमबार, पुष ४ २०७९
    585
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। रामेछापको चुचुरेमा बाघको आक्रमणबाट एक किशोर घाइते भएका छन् ।  गत शुक्रवार साँझ घर नजिकैको जङ्गलमा पत्कर सोर्न गएका बेला बाघले अचानक आक्रमण गर्दा गोकुलगंगा गाउँपालिका वडा नं १ ढाँडेका १७ वर्षीय किशोर शिवराम कार्की गम्भीर घाइते भएका हुन् । 

    बाघको आक्रमणबाट घाइते भएका उनलाई प्राथमिक उपचारपछि थप उपचारको लागि दोलखाको जिरी लगिएकोमा त्यहाँ सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको चुचुरेका वडा अध्यक्ष छत्रबहादुर बस्नेतले जानकारी दिए ।  

    बाघको आक्रमणमा परेका उनको टाउको, आँखा,खुट्टा,पाखुरा लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार