काठमाडौँ। आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको कारोबार मूल्य स्थिर रही आइतबारकै कारोबार मुल्य प्रतितोला एक लाख पाँच सय रुपैयाँ कायम भएको छ । महासंघकाअनुसार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँमै कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको थियो भने यसदिन यथावत् रह्यो।
त्यस्तै अघिल्लो दिन बढेको चाँदीको मूल्य आज भने स्थिर रहेको छ। यसदिन चाँदी अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ८० रुपैयाँ नै कायम रहेको महासङ्घले जनाएको छ । चाँदी आइतबार तोलामा १० रुपैयाँले बढेको थियो।