Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकै पटक ६२०० ले सस्तियो सुनको भाउ


    बुधबार, साउन २८ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार सुनको मूल्य एकैपटक घटेको छ । पछिल्ला केही दिन देखि घटिरहेको सुनको भाउ बुधबार एकै दिन ६ हजार २ सयले सस्तिएको हो ।

    बुधबार सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ थियाे।  यसअघि सोमबार प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ  थियो भने आइतबार १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी चाँदीको मूल्य पनि एकै दिन २ सय २५ रुपैयाँले घटेको छ। चाँदीको मूल्य बुधबारका लागि १२ सय १० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबारका लागि प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँ तय भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार