Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुरुङभित्र आगलागी हुँदा १९ जनाको मृत्यु


    सोमबार, पुष ४ २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । अफगानिस्तानको एउटा सडक सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

    राजधानी काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ सुरुङमा शनिबार साँझ एउटा तेल ट्याङ्कर पल्टिएर आगलागी भएको थियो । सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्बिरमा घटनापछि धेरै सवारी साधन जलेको देखाइएको छ ।

    ‘इन्धन ट्याङ्कर विस्फोट भयो । म तल खसे। मेरो लुगामा आगो लाग्यो’, सुरुङमा घाइते भएका एक प्रत्यक्षदर्शीले टोलो समाचारलाई भने। केही शवहरू जलेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार