कैलाली । कैलालीको अत्तरियामा आज आइतबार साँझ अज्ञात समूहले गोली चलाएका छन्। उक्त समूहले गोली चलाउँदा २ जना घाइते भएका स्रोतले जनाएको छ।
आज साँझ साढे ६ बजे मोटरसाइकलमा आएका अन्जान मानिसहरुले गोली चलाउँदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय कैलाली अत्तरियाका डीएसपी रविन्द्र पाण्डेले नेपाल फेसलाई बताए ।
गोली लागेर घाइते भएका उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।
साथै गोली चलाउने समूहको खोजी भइरहेको डीएसपी पाण्डेले जनाए ।