Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सडकको भ्वाङ पुरेपछि तनहुँमा पृथ्वी राजमार्ग खुल्यो


    आइतबार, पुष ३ २०७९
    580
    Shares
  • १ मिनेट पाठ
  • तनहुँ ।  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित खानिखोला पुल नजिकैको सडक भासिएको थियो। उक्त पुल भाँसिदा अवरुद्ध सडक पुन: सञ्चालनमा आएको छ । सडकको भ्वाङमा माटो हालेर पुरेपछि सडक सञ्चालनमा आएको हो। 

    आज आइतबार बिहान १० बजेदेखि अवरुद्ध सडक साढे एक बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए।

    उनका अनुसार सडक निर्माणको क्रममा पुल भासिदा दुईतर्फी सवारी आवागमन बन्द भएको थियो । सवारी आवागमन रोकिदा सवारीसाधन रोकिएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार