काठमाडौं। काठमाडौं महानगरपालिकाले अनामनगर क्षेत्रका निजी जग्गामा पार्किङ गरिएका सवारीसाधन उठाउन थालेको छ । आज आइतबार महानगरपालिकाले सो क्षेत्रको निजी जग्गामा राखिएका सवारीसाधन उठाएका हो ।
निजी जग्गा क्षेत्रभित्र राखेका दुई पाङ्ग्रे सवारीसाधन महानगर प्रहरीले उठाएपछि यतिबेला अनामनगर क्षेत्र तनावग्रस्त बनेको छ । महानगरपालिकाले गरेको ज्यादतीको विरुद्धमा यतिबेला सवारीसाधन चालकहरु बिरोधमा उत्रिएका छन् ।
उनीहरुले महानगरपालिकाले एकपटक एउटै र अर्को दिन अर्को निर्णय गरेर आम सर्वसाधारणहरुमाथि ज्यादती गरेको बताए ।
यतिबेला काठमाडौँको सिंहदरबार पूर्वीगेटमा सर्वसाधारण, महानगरप्रहरी र ट्राफिक प्रहरीबीच भनभन चलिरहेको छ ।