काठमाडौं चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ बर्षिया भागिरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट ज्यान गएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार सुवेदीलाई चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घरमै आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागी भरतपुर अस्पताल लगिएको थियो ।
साउनदेखी यता निकुञ्ज र आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यसअघि माडीमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको थियो ।