काठमाडौँ। आज साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन-चाँदीको भाउ उकालो लागेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनकाे भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो। यस्तै चाँदी आज तोलामा १० रुपैयाँले बढेको छ ।
आज आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्दा एक लाख ५ सय रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ। शुक्रबार ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन तोलाको एक लाख रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदी आज तोलामा १० रुपैयाँले बढेको छ । चाँदी आज तोलामा १० रुपैयाँले बढ्दा एक हजार ३ सय ८० रुपैयाँ निर्धारण भएको छ । गत शुक्रवार तोलामा एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको थियो ।