Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ठेलामा बदाम बेच्ने भारतीय नागरिकको हत्या, सात जना पक्राउ 


    शनिबार, पुष २ २०७९
    800
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । रुपन्देहीमा भारतीय नागरिकको हत्या आरोपमा सात जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका-९ बस्ने भारत घर भएका ५५ वर्षीय अजय सोनीको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार साँझ उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

    उनको हत्या गरेको आरोपमा प्रहरीले बुटवल-८ राजमार्ग चौराहमा मागी खाइ हिँड्ने २९ वर्षीय कृष्ण सिजाली मगर लगायत सात जनालाई पक्राउ गरेको हो । 

    आफ्नो ठेलामा रहेको बदाम र चकलेट उनीहरूले चोरी गरी लगेको भन्दै सामान फिर्ता माग्न जाँदा अजयलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।  उक्त खबर पाएपछि वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल पठाएको थियो । त्यहीँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार