Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अब सातै प्रदेशमा अनुसन्धान केन्द्र


    शनिबार, पुष २ २०७९
    640
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ।  विज्ञान प्रविधिको विकासका लागि सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य अघि बढाइएको छ । वैज्ञानिक अनुसन्धानलाई प्रदेशस्तरसम्म पुर्‍याउने उद्देश्यसाथ सातै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्यको सुरुवात गरिएको हो ।

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले केही दिनअघि गण्डकी प्रदेशमा (मंसिर १६ गते) पर्वतीय हरित अर्थतन्त्र विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ ।

    चितवनको रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयको परिसरमा (साउन १६ गते) सहरी विकास र वातावरण विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरिएको थियो।

    नास्टका उपकुलपति डा। सुनीलबाबु श्रेष्ठले मुलुक संघीय संरचनामा गएसँगै नास्टले पनि आफ्ना गतिविधि स्थानीय तहसम्म पुर्‍याउन प्रत्येक प्रदेशमा एकरएकवटा विशिष्टीकृत अनुसन्धान केन्द्र खोल्न लागेको बताए। यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार