Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लाइभ दोहोरी विवादित बनेपछि कमला घिमिरेले मागिन् माफी


    शुक्रबार, पुष १ २०७९
    875
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । बालगायिका कमला घिमिरेले आफ्नो पछिल्लो लाइभ दोहोरी गीत विवादास्पद बनेपछि सार्वजनिक रुपमा माफी मागेकी छन्।  सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई बहिनी र छोरी सम्झिएर माफी दिन आग्रह गरेकी हुन् ।  

    उक्त गीत आफ्नै रचनामा गाइएको उल्लेख गर्दै उनले कुनै प्लान गरेर डलरकै लागि भनेर गित नगाएको बताएकी छन् । कतिपय दोहोरी कलाकारले उक्त गीतको स्क्रिप्ट अरु कसैले लेखेको आरोप लगाएपछि उनले त्यसको खण्डन गर्दै स्क्रिप्ट तयार पारेर र कसैलाई बर्बादै पार्ने गरी नगाएको दाबी गरिइन् । 

    ‘कुनै प्लान गरेर डलरकै लागि भनेर, सोचेर, सम्झेर, स्क्रिप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्ने गरी गाइएको गीत होइन,’ उनी लेख्छिन्, ‘यसबाट पर्न गएको असरप्रति हृदयबाटै माफी माग्छु । सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला । आइन्दा यस्तो गल्ती हुनेछैन । अब उपरान्त गीत गाउँदा एकदम ख्याल राख्नेछु । सधैं हजुरहरुकै प्रिय बन्न पाऊँ, गीत-संगीतमै रम्न पाऊँ, कहींकतै बिराएछु भने सल्लाह सुझाव दिंदै गर्नु है ।’

    सुमन परियारसँग गाएको उनको उक्त गीतले जबर्जस्ती करणीबारेका हालैका दुई घटनालाई व्यंग्य गर्दै गाइएको भन्दै चौतर्फि विरोध भईरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार