Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुद्ध एयरको एटिआर– ७२ जहाजबाट काठमाडौं-सुर्खेत उडान सुरु


    शुक्रबार, पुष १ २०७९
    845
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको विमानस्थलमा एटिआर-७२ जहाजबाट आज शुक्रबारदेखि नियमित उडान सुरु भएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२ जहाजमार्फत काठमाडौँ–सुर्खेत–काठमाडौँ रुटमा आजबाट नियमित उडान प्रारम्भ गरेको हो । उक्त गन्तव्यमा आजदेखि एटिआर जहाजमार्फत नियमित उडान सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 

    सुर्खेत विमानस्थलमा गत कात्तिक ३० मा एटिआर जहाजमार्फत परीक्षण उडान (टेस्ट फ्लाइट) गरिएको थियो । परीक्षण उडान सफल भएपछि नियमित उडान सञ्चालन गरिएको हो । प्राधिकरणका उच्च अधिकारीसहित ७० यात्रु लिएर बुद्ध एयरको एटिआर जहाजले सुर्खेतमा पहिलो व्यावसायिक उडान भरेको कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए ।

    बुद्ध एयरको एटिआर ७२ जहाजले काठमाडौँ–सुर्खेत गन्तव्यमा दैनिक एक उडान गर्नेछ । यसअघि कम्पनीले ४७ सिट क्षमताको एटिआर–४२ जहाजमार्फत उक्त गन्तव्यमा दैनिक एउटा उडान गर्दै आएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार