काठमाडौँ । भक्तपुरमा एक युवकको डेराबाट सुनका गरगहना चोरी भएका छन् । मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीमा डेरा गरी बस्ने धनुषाका ३२ वर्षीय धीरजकुमार अरगरियाको डेराबाट साढे नौं लाख बराबरका गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।
उनको कोठामा कोही नभएको मौका पारेर अपरिचित व्यक्तिहरूले ढोकाको ताला फुटाई दराजमा रहेको सुनका गरगहना चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।
उक्त घटनाबारे प्रहरीले अनुसन्धान अगाडि बढाइएको छ । साथै प्रहरीले चोरीमा संलग्नको खोजी भईरहेको बताएको छ ।