Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँमा बस र मोटरसाइकल ठोक्किँदा एक पुरुषको मृत्यु 


    बिहिबार, मंसिर २९ २०७९
    530
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँ स्वयम्भू ठूलो भर्याङमा मोटरसाइकल र बस जुध्दा एक पुरुषको मृत्यु  भएको छ। 

    मोटरसाइकलमा सवार सिन्धुलीको मरिन गाउँपालिका वडा नम्बर ३ बस्ने २२ बर्षका निर्मल लामाको टाउकोमा गहिरो चोट लागेर उनको तत्काल मृत्यु भएको हो। 

    आज बिहान बा. १ प ७५३ नम्बरको पर्यटक बस सीतापाइलाबाट स्वयम्भूतर्फ आउँदै गरेको बेला विपरीत दिशाबाट आएको बागमती प्रदेश ०२-०१८ प ४९४० नं. को मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

    दुर्घटनामा परेर गम्भीर घाइते भएका लामाको उपचारको क्रममा त्रि.वि शिक्षण अस्पतालमा मृत्यु भएको बताइएको छ ।

    प्रहरीले दुबै सवारी साधन र बस चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ९ भोटसिपा घर हुने बर्ष ३९ को पेमा तामाङ्गलाई नियन्त्रणमा लिईएर थप अनुसन्धान गरिरहेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार