Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति कृष्ण मन्दिर जानुभएन


    मंगलबार, साउन २७ २०७७
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमितको संख्या बृद्धि भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी श्रीकृष्णजन्माष्टमीका दिन पाटनस्थित कृष्ण मन्दिरमा यस वर्ष अवलोकनको कार्यक्रममा सहभागी हुनुभएन । कृष्ण जन्माष्टमीका दिन राष्ट्रपति अवलोकनमा जाने प्रचलन रहिआएको छ । तर कोरोना महामारीका कारण यो बर्ष राष्ट्रपति कृष्ण जन्माष्टमी कार्यक्रममा कृष्ण मन्दिरमा जानुभएन ।

    राष्ट्रपति भण्डारी विश्वव्यापी फैलिएको कोराना भाइरसका उक्त कार्यक्रममा सहभागी हुन नसक्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार