Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • कोरोना संक्रमित ह्वात्तै बढेपछि भदौ १५ गतेसम्मका लागि मालपोत कार्यालय बन्द


    मंगलबार, साउन २७ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले अत्यावश्यक बाहेकका सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । सरकारको त्यही निर्देशन अनुसार बढी भिडभाड हुने काठमाडौंका मालपोत कार्यालयले दिने सेवा पनि भदौ १५ गतेसम्मका लागि स्थगित गरिएका छन् ।

    भूमि ब्यवस्थापन तथा अभिलेख विभागले मंगलबार काठमाडौं उपत्यकाका भूमिसुधार तथा मालपोत कार्यालयहरुका नाममा परिपत्र जारी गरी बुधबारदेखि नै सेवाप्रवाह स्थगित गर्न निर्देशन दिएको छ । विभागले काठमाडौं उपत्यकाका मालपोत कार्यालयमा आन्तरिक प्रशासनिक काम भने सुचारु हुने जनाएको छ ।

    काठमाडौं उपत्यका बाहिरका भूमिसुधार तथा मालपोत कार्यालयको सेवाप्रवाह प्रदेश सरकार र स्थानीय स्वास्थ्य सुरक्षा मापदण्ड समेतको अवलम्बन गर्नेगरी ब्यवस्था मिलाउन भूमिब्यवस्था मन्त्रालयले निर्देशन दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार