Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रभु बैंकले ४० लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै 


    बुधबार, मंसिर २८ २०७९
    470
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रभु बैंकले ४० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आज मंसिर २८ गतेबाट संस्थापक समूहको ४० लाख कित्ता सेयर बिक्रीमा राखेको हो।

    यो सेयरमा इच्छुक विद्यमान सेयरधनी, योग्य व्यक्ति तथा संस्थाले खरिदका लागि आवेदन दिन सक्नेछन्। 

    उक्त बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२६ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

    बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन पेस गर्नुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। 

    सेयर खरिद गर्न इच्छुक सेयरधनी, योग्य व्यक्ति तथा संस्थाले आवश्यक कागजात प्रमाण संलग्न गरी बिक्री प्रबन्धक प्रभु क्यापिटलमामा पुग्ने गरी आवेदन दिनुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति पुस १३ गते तोकिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार