काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले हाल देशभर उल्लेखनीय मौसमी प्रणाली नरहेको बताएको छ। महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै सो जानकारी दिएको हो ।
तराईका केहि स्थानहरुमा हुस्सु र कुहिरो लाग्ने अनुमान गरिएको छ । त्यसै,महाशाखाले पहाडी भू-भागमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
दिउँसो प्रदेश १,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विश्लेषण गरिएको छ । राती प्रदेश १,मधेश,बागमती,गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने छ ।
तराईका केही भू-भागमा बिहानीपख कुहिरो लाग्ने र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।