काठमाडौँ । मोटरसाइकलको ट्याङ्किभित्र लुकाएर भारतबाट ल्याइएको २४ लाख १७ हजार नेपाली रुपैयाँसहित एक जना समातिएका छन् । मंगलबार भारत घर भएका २३ वर्षीय उमेश कुमारलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
धनुषाको बिदेह नगरपालिका-९ स्थित सीमाबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले उनलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलमा सवार उनको साथमा उक्त नगद फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको छ ।