Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमित बढेपछि होटल रेष्टुरेन्ट बन्द गर्ने सरकारको निर्णय


    मंगलबार, साउन २७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमण फैलिने क्रम बढेपछि सरकारले होटल तथा रेष्टुरेन्ट बन्द गराउने निर्णय गरेको छ । मंगलबार मात्रै ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले होटल रेष्टुरेन्ट बन्द गर्ने निर्णय गरेको हो । तर, होटल तथा रेष्टुरेन्टहरुलाई प्याकेटमा खाना बेच्न भने रोकिएको छैन ।

    साउन १५ देखि रेष्टुरेन्टमा बसेर खान पनि पाइने नियम लागू भएकोमा र कोरोना महामारी बढेकोले फेरि टेक अवेमात्रै गर्न मिल्ने बनाइएको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिएका छन् ।
    ‘होटल रेष्टुरा खोल्ने भनिएको थियो । अब होटल र रेष्टुराबाट तयार गरेको खाद्य परिकार लैजाने सेवा टेक अवेमात्र दिने निर्णय भएको छ,’ मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै उनले भने, ‘स्वास्थ्य सुरक्षाका उपाय अपनाएर परिचालित हौऔं भन्दा मास्क नलगाउने र भीडभाड बढेपछि टेक अवेमात्रै सञ्चालन गर्न दिइएको हो।’ जोखिम बढेपछि सरकारले होटल रेष्टुरेन्ट खोल्न नदिने निर्णय गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार