Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इलाम–१ मा पुनः निर्वाचनको माग गर्दै नेता खनालले दिए सर्वोच्चमा रिट 


    मंगलबार, मंसिर २७ २०७९
    825
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले इलाम–१ मा पुनः निर्वाचन हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले आफू उम्मेदवार रहेको सो निर्वाचन क्षेत्रमा निर्वाचन बदर हुनुपर्ने माग गर्दै आज सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् । 

    प्रतिनिधिसभा निर्वाचनमा पराजित नेता खनालले निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी फेरि मतदान हुनुपर्ने बताएका छन् । उनले धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको उक्त रिटमा उल्लेख गरेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार