काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमित भेटिने दर तीव्र गतिमा बढेको छ। मंगलबार मात्र उपत्यकामा १ सय ३४ जना संक्रमित भेटिए । सोमबार ४२ जना मात्र संक्रमित थपिएका थिए ।
मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा १ सय ३४ सहित देशभर ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको बताए ।
मन्त्रालयका अनुसार हाल मुलुकमा विभिन्न ठाउँमा ७ हजार २ सय १ जना कोरोनाका सक्रिय संक्रमितहरू छन्। त्यसमध्ये प्रदेश-१ मा ५३९, प्रदेश-२ मा ३३४७, बागमती प्रदेशमा १३५२, गण्डकीमा २२४, प्रदेश ५ मा ६४६, कर्णालीमा १९७ र सुदूरपश्चि प्रदेशमा ८९६ जना छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १० हजार ४ सय ६२ वटा नयाँ पीसीआर नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।