काठमाडौं । नेपालमा थप ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ६ सय ३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ। संक्रमितमध्ये १६ हजार ६ सय ६४ जना निको भएर घर फर्किएका छन्।
प्रवक्ता गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर १ सय ७१ जना घर फर्किएका छन्। आजसम्म नेपालमा कोरोनाको कारण ८३ जनाको मृत्यु भएको छ।