Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चेपे ‘ए’ जलविद्युतको पावर हाउसमा किसानहरूले लगाए आगो , ३ करोडकाे क्षति


    सोमबार, मंसिर २६ २०७९
    710
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। गोरखाको सिरानचोक गाउँपालिका–२ पाँडेबेंसीको चम्पावती हाइड्रोपावरको कार्यालयमा किसानहरूले आगजनी गरेका छन् । 

    गत शनिबार ७ मेगावाटको चेपे ए जलविद्युत आयोजनाको साइट अफिस एवम् पावर हाउसमा एक समूह प्रवेश गरी कार्यालय समान र सवारी साधन तोडफोड र आगजनी गरिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बताएको छ। 

    यसबाट करिब तीन करोड रुपैयाँ बराबरको क्षति पुगेको इप्पानले बताएको हो।

    राइनास नहरसँगको सरोकारको विषयमा भएको असमझदारीका कारण उक्त घटना घटेको हुनसक्ने आशंका इप्पानको छ। 

    इप्पानले उक्त घटनाको भत्र्सना गरेको छ। साथै हरेक आयोजनाहरू र त्यसका सरोकारवाला पक्षहरूबीच कुनै पनि असमझदारी आपसी संवाद र छलफलबाटै समाधान गर्न सकिने इप्पानले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार