Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको विदेशी मुद्राकाे विनिमय दर


    सोमबार, मंसिर २६ २०७९
    795
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    राष्ट्र बैंकले साेमबारका लागि अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९४ पैसा कायम गरेकाे छ। राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार  युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९६ पैसा कायम रहेको छ ।

    युरोको मूल्य अघिल्लो दिनको तुलनामा ३३ पैसा घटेको हो। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रुपैयाँ २६ पैसा र बिक्रीमा ८९ रुपैयाँ ६७ पैसा तोकिएको छ।

    क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ २१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६५ पैसा छ। कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६ पैसा  छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९ पैसा तोकेको छ। 
    यता, मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ८२ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा कायम रहेको  राष्ट्र बैंकले  जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार