Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लगानी बोर्डका सीईओलाई काम गर्न रोक लगायो उच्च अदालतले


    मंगलबार, साउन २७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । उच्च अदालतले लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई काम गर्न रोक लगाउने आदेश जारी गरेको छ।

    भट्टलाई सीईओका रूपमा कुनै पनि काम नगर्न मंगलबार अदालतले अन्तरिम आदेश जारी गरेको हो । 

    पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भट्टलाई बोर्ड प्रमुखको हैसियतमा काम नगर्न अन्तरिम आदेश दिएको हो ।

    मन्त्रिपरिषदले साउन १९ गते भट्टलाई बोर्डको सीईओमा नियुक्त गरेको थियो। भट्टको योग्यता नपुग्ने र विभिन्न ठेक्कामा कालोसूचीमा परेको जिकिर लिँदै  अधिवक्ता जयबहादुर भुजेलले रिट दायर गरेका थिए ।

    पहिलो पेशीमै अदालतले अन्तरिम आदेश जारी गरेसँगै भट्टको योग्यताको बारेमा विस्तृत अध्ययन हुने भएको छ । उच्च अदालतले भट्टको नियुक्तीमा कारण देखाउ आदेश समेत जारी गरेको छ । यस्तैगरी मुद्दासँग सम्बन्धितलाई छलफलका लागि झिकाउने आदेश समेत गरेको छ । 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार