Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुसले काेराेनाविरुद्धकाे खाेप बनायाे : पुटिन


    मंगलबार, साउन २७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरसविरुद्धको खोप विकास गरेर प्रयोगमा ल्याएको बताएका छन् । पुटिनले कोरोनाविरुद्धको खोप आफ्ना दुई छोरीलाई लगाएको र उनीहरुलाई कुनै ‘साइड इफेक्ट’ नदेखिएको बताएका हुन् ।  

    पुटिनले मंगलबार खोपको विकास गरी दर्ता समेत भएको जानकारी दिए । कोरोनाविरुद्धको खोप दर्ता गर्ने रुस पहिलो राष्ट्र बनेको छ । रुसका अधिकारीहरुले यो खोप डाक्टर, स्वास्थ्यकर्मीसहित मेडिकल कर्मचारी, शिक्षक र अरु उच्च जोखिममा रहेका वर्गमा दिइने जनाएका छन् । 

    अहिले विश्वभर नै काेराेना भाइरसविरुद्धकाे खाेप बनाउनकाे लागि थुप्रै परीक्षण भैरहेकाे छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार झण्डै सयभन्दा धेरै खाेप बनाउनकाे लागि काम भइरहेकाे छ । जसमा अमेरिका, बेलायत, इजरायल, चीन, रुस, भारत जस्ता देश सामेल छन् । 

    रुसमा अहिलेसम्म ८ लाख ९७ हजार पाँच सयभन्दा धेरैमा कोरोनाकाे सङ्क्रमण पुष्टि भएकाे छ । कोरोनाका कारण त्यहाँ १५ हजार एक सयभन्दा धेरैको मृत्यु भएकाे छ । कोरानाकाे कारण विश्वमा सबैभन्दा धेरै प्रभावित भएको देशको सूचीमा रुस चौथो स्थानमा छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार