Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कीर्तिपुरमा स्कुल बसको ठक्करबाट २९ वर्षीय सशस्त्र प्रहरीको मृत्यु


    आइतबार, मंसिर २५ २०७९
    645
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । कीर्तिपुरमा स्कूल बसले ठक्कर दिँदा एक जना सशस्त्र प्रहरीको ज्यान गएको छ। 

    कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मुख्य सडकमै स्कूल बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको मृत्यु  भएको हो। उनले चलाएको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो । 

    बल्खुबाट चोभारतर्फ गइरहेको इण्डियन मोडर्न स्कूलको ना.१क १६१२ नम्बरको बसले रतेलालाई ठक्कर दिएको थियो । उक्त बसले ठक्कर दिएर गम्भीर घाइते भएका उनको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार