Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सांसद प्रदीप यादवले जिते कोरोनालाई, आजको रिपोर्ट ‘नेगेटिभ’


    मंगलबार, साउन २७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाका सदस्य प्रदीप यादव कोरोना संक्रमणमुक्त भएका छन्। उनले सुरक्षा नियमअनुसार र डाक्टरको सल्लाह र निर्देशनबमोजिम आफू अझै पनि सात दिनसम्म आइसोलेट भएर बस्नुपर्ने भएको हुनाले घरमै होम आइसोलेसनमा रहने बताएका छन्। 

    ‘आज मैले १२ दिनपछि दोस्रो पटक पीसीआर जाँच गराउँदा कोरोना नेगेटिभ देखिएको जानकारी गराउन चाहन्छु’, मंगलबार फेसबुकमा यादवले लेखेका छन्, ‘म वीरगंजस्थित आफनो घरभित्र आइसोलेट भएर आत्मअनुशासन कायम गरी सुरक्षित रूपले बसी डाक्टरले दिएको सल्लाह सुझाव अनुसार चलेकाले कोरोना जित्न सफल भएको छु।‘

    ‘विश्वभरि नै फैलिएका यस महामारीको चपेटामा जो कोही पनि पर्न सक्ने भएको हुन्नाले सकेसम्म सामाजिक दूरी कायम गरौं, अनावश्यक बाहिर नजाऔं अनि मास्क र स्यानिटाइजर प्रयोग गरौं, कोरोना लाग्दैमा भयभित नबनौं, उच्चमनोबल राखी एकअर्काप्रति माया सद्भाव राखेर स्वयं अनुशासित भएर डाक्टरको सल्लाहबमोजिम नियमित कार्य गर्‍यौं भने हामी सम्पूर्णले कोरोनालाई जित्ने विश्वास राखेको छु’, उनको सन्देश छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार