काठमाडौं । काठमाडौंको टोखाबाट चितुवाको छालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
टोखा नगरपालिका–८ ग्रीनल्याण्ड एरियाबाट संरक्षित वन्यजन्तु चितुवाको छाला आखेटोपहार एक थानसहित एक पुरुष पक्राउ परेका हुन् । पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका–२ बस्ने ५० वर्षीय मदनबहादुर श्रेष्ठ छन् ।
केन्द्रीय अनुसन्धान व्युरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई उक्त आखेटोपहारसहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइएको छ ।