रौतहट । रौतहटको गरुडा नगरपालिकामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साउन २२ गते ७९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएकोमा एक महिलासहित ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
पछिल्लो तीन दिनयता रौतहटमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १५ जनामा संक्रमण देखिएको थियो भने सोमबार एकै दिन राजदेवीमा १९ र कटहरीयामा ९ जनामा संक्रमण देखिएको थियो ।