काठमाडौं । नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डे उपरथीमा बढुवा भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहायक रथी पाण्डेलाई उपरथीमा बढुवा गरेको हो।
पाण्डे उत्तरपश्चिम पृतना सुर्खेतमा कार्यबाहक पृतनापतिको रूपमा कार्यरत छन्। गत साउन पहिलो सातासम्म पाण्डे नेपाली सेनाका प्रवक्ता थिए। उनी प्रधानसेनापति पूर्णचन्द्र थापाले विश्वास गरेका सैनिक अधिकृतमा पर्छन् ।
यस्तै सोमबार नै एक दर्जन सहायकरथीको सरुवा समेत गरिएको छ ।