Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्लेकार्ड बोकेर अटो व्यवसायी सडकमा उत्रिए


    बिहिबार, मंसिर २२ २०७९
    695
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। सरकार विरुद्धका चर्का नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर अटो मोबाइल्स व्यवसायीहरू सडकमा उत्रिएका छन् । खासगरी सरकार, राष्ट्र बैंकको पछिल्लो नीतिले अटो मोबाइल्स व्यवसाय नै धरासायी हुन पुगेको भन्दै व्यवसायीहरू आन्दोलित भएका हुन् । 

    गत बैंशाख १३ गतेदेखि सरकारले अन्य उपभोग्य वस्तुसँगै कार, जिप, भ्यान र १५० सिसी इन्जिन क्षमतामाथिको दुई पाङ्ग्रे सवारी साधनको आयातमा पूर्ण बन्देज लगाएको थियो । सवारी साधनलाई विलासिताको साधानको रुपमा व्याख्या गर्दै सरकारले विदेशी विनिमयको सञ्जितिको कारण देखाउँदै गाडी आयातमा ५० देखि शत प्रतिशतसम्म नगद एलसी मार्जिनको व्यवस्था गर्दै गाडी आयातमा समेत प्रतिबन्ध लगाइदिएपछि व्यवसायीहरू संकटमा फसेका छन् । 

    यद्यपि, मंगलबार मात्र सरकारले एक निर्णय गर्दै मंसिर मसान्तदेखि सम्पूर्ण प्रतिबन्धित आयात खुल्ला गर्ने घोषणा गरिसकेको छ । तरपनि अटो व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

    राष्ट्र बैंकको गलत नीति, एलसी मार्जिनको व्यवस्था खारेज हुनुपर्ने, चालू पुँजी निर्देशिका परिमार्जन हुनुपर्ने, बैंकको ब्याजदर नियन्त्रण हुनुपर्ने माग राखेर चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका व्यवसायीहरुले अटो लोन ९फाइनान्सिङ सुविधा० को ५० प्रतिशतको क्याप समेत हटाउनुपर्ने माग राखेका छ ।

    मंसिर १६ गते पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नेतृत्वमा आज व्यवसायीहरू माइतीघरमा शान्तिपूर्ण विरोध कार्यक्रममा उत्रिरहेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार