Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपकुलपति कार्यालयमा नेविसंघले गर्‍यो तोडफोड


    मंगलबार, साउन २७ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्यार्थी (नेवि) संघका नेता कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयमा तोडफोड गरेका छन् ।

    मंगलबार बिहान उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको कार्यालयमा १०–१५ जनाको समूहमा आएको नेविसंघ कार्यकर्ताले तोडफोड गरेको विश्वविद्यालयका प्रवक्ता सूर्य अधिकारीले बताए । 

    नेविसंघ त्रिवि समितिका नेता हरि आचार्यले नेविसंघका केही नेता–कार्यकर्ता विभिन्न मागहरु राखेर प्रदर्शन गर्ने क्रममा ‘सामान्य तोडफोड’ भएको स्वीकार गरेका छन् । प्रवक्ता अधिकारीका अनुसार तोडफोडबाट उपकुलपति कार्यालयको झ्यालका सिसा फुटेको छ । त्यस्तै विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक चढ्ने एउटा गाडी र कर्मचारी बोक्ने गाडीमा समेत तोडफोड गरिएको छ ।

    त्रिभुवन विश्वविद्यालयले कर्मचारी भर्ना, पदाधिकारी नियुक्ति पारदर्शी ढंगले नगरेको भन्दै केही दिनदेखि नेपाल विद्यार्थी संघ र प्रजातान्त्रिक प्राध्यापक संघ आन्दोलन गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार