काठमाडौं । आईसीसी विश्वकप लिग टुअन्तर्गतको त्रिदेशीय शृंखलाको चौथो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
युनाईटेड क्रिकेट मैदानमा सुरु आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको हो। उक्त खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो ।
स्कटल्यान्डसँगको यो खेलका लागि नेपाली टिममा एकजना खेलाडी परिवर्तन गरिएको छ । कुशल भुर्तेलको स्थानमा बाँया हाते अलराउन्डर हरिशंकर शाह पहिलो रोजाइमा मैदान उत्रिएका छन् ।
यसअघि भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । यस शृंखलामा नेपाल,नामिविया तथा स्कटल्याण्डको सहभागीता छ ।