Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लेबनानका प्रधानमन्त्रीले दिए राजीनामा


    मंगलबार, साउन २७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गत मंगलबार बेरुतमा भएको विष्फोटपछि सुरु भएको सरकार विरोधी प्रदर्शनपछि लेबनानका प्रधानमन्त्री हसन डिएबले राजीनामा दिएका छन् । सोमबार साँझ उनले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै आफ्नो राजीनामा घोषणा गरेका हुन् ।

    हसनको सरकारमाथि लापरबाही र भ्रष्टाचारको आरोप लागेको छ । सोमबार लगातार तेस्रो दिन प्रदर्शनकारीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका थिए । बेरुतको बन्दरगाहमा असुरक्षित तरिकाले राखिएको दुई हजार ७५० टन एमोनियम नाइट्रेट विष्फोट चभएको थियो । यो विष्फोटमा परी दुई सयभन्दा धेरै मानिसको मृत्यु भएको थियो भने चार हजारभन्दा धेरै मानिस घाइते भएका थिए ।

    लेबनानका राष्ट्रपति मिचेल औउनले यो सरकारलाई अर्को सरकार नबन्दासम्म आफ्नो काम जारी राख्न आग्रह गरेका छन् । हसन गत जनवरीमा लेबनानको प्रधानमन्त्री बनेका थिए । सम्बोधनको क्रममा हसनले लेबनानका मानिसहरुको चाहनाअनुसारको परिवर्तनको लागि नै आफूले सरकार छाड्न लागेको उल्लेख गरेका छन् । उनले लेबनानको भ्रष्टाचार स्वयं मुलुकभन्दा नै ठूलो रहेको भन्दै आफूले लेबनानलाई बचाउनको लागि निकै महत्वपूर्ण काम गरेको पनि बताए । एएनआई

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार