काठमाडौं ।आज मंसिर २२ गते यमोरी पुन्ही अर्थात् ज्यापु दिवस । काठमाडौं उपत्यकाका नेवार समुदायले आज राष्ट्रिय ज्यापु दिवस एवम् योमरी पूर्णिमा पर्व धुमधाम मनाएका छन् । हाकु पटासीमा सझिएका महिलाहरु विभिन्न परम्परागत बाजा बजाउँदै सहरका विभिन्न गल्ली परिक्रमा गरेका छन्।
यस दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेता प्रकाशमान सिंह लगायतको सहभागितामा बसन्तपुरमा विशेष कार्यक्रम समेत आयोजना गरिएको छ ।
त्यसअघि चामलको पिठोबाट बनाइएको परिकार योमरीसहित र्याली निकालिएको थियो ।
आज हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउन व्यस्त छन् । आज सोही पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा समेत दिएको छ।