Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • यी हुन् बोहोराको शवलाई टुक्राटुक्रा पारेर फाल्ने महिला


    मंगलबार, साउन २७ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । विभत्स अवस्थामा गोंगबुमा भेटिएको शवको हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । आरोपी कल्पना मुडभरी (पौडेल) लाई चितवनबाट पक्राउ गरेको ल्याएको प्रहरीले मंगलबार सार्वजनिक गरेको हो । कल्पनाकी १५ वर्षीया छोरीलाई पनि प्रहरीले पक्राउ गरेपनि सार्वजनिक भने गरेको छैन ।

    तीन दिनअघि गोंगबुुमा भएको एक पुुरुषको हत्या घटनामा आमाछोरीको संलग्नता रहेको प्रहरीको निस्कर्ष रहेको छ । उनीहरुको बयानका आधारमा प्रहरी उनीहरुले नै हत्या गरेको निस्कर्षमा पुुगेको हो।

    प्रहरी स्रोतका अनुसार आफूमाथी यौन हिंसा भएकोले हत्या गर्न बाध्य भएको उनको वयान छ। ‘आफूमाथी पटक पटक यौन हिंसा भएपछि सुरुमा अण्डकोषमा हानेँ, पछि खुकुुरीले घाँटी र खुुट्टा काटेँ,’ अनुुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले उनलाई उद्धृत गर्दैै भने।

    बोहोरको शरीरलाई बाथरुममा लगेर काटेको र जिउ सुटकेसमा तथा खुुट्टा र टाउको जेब्रा झोलामा राखेर छुुट्टा छुुट्टै स्थानमा फालिएको थियो। शव मिल्काउन छोरीको सहयोग लिएको कल्पनाले बताएकी छन्।

    हत्यामा प्रयोग भएका दुुईवटा खुुकुरी र हम्मर प्रहरीले फेला पारिसकेको छ। ती समानहरु पनि प्रहरी आज सार्वजनिक गरेको छ । कल्पनाको श्रीमान भने विदेश गएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार