Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • केयू १५ दिनका लागि बन्द


    मंगलबार, साउन २७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोभिड –१९ को संक्रमण बढ्दै गएका अवस्थामा पूर्वसावधानी अपनाउन धुलिखेलस्थित काठमाडौंँ विश्वविद्यालयले मंगलबारदेखि १५ दिनका लागि बिदा दिएको छ।

    विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. सुबोध शर्माले सोमबार सूचना जारी गर्दै कोभिड–१९ को संक्रमण बढ्दै गएका कारण काठमाडौं उपत्यकालगायत काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल र बनेपा नगरपालिका क्षेत्रमा पनि संक्रमण बढ्ने सम्भावना दृष्टिगत गरी पूर्वसावधानीस्वरुप सोमबारदेखि काठमाडौं विश्वविद्यालय मातहतका स्कूल (अत्यावश्यक र स्कूल अफ मेडिकल साइन्सेजबाहेक) सेवा १५ दिनसम्मका लागि स्थगन गरिएको जनाएका छन्।

    विश्वविद्यालय स्थगन भए पनि अनलाइन विधिबाट हाल जारी पठनपाठन भने सञ्चालन हुने जनाइएको छ। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार