Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पुष्पा आत्मदाह प्रकरणः  यस्तो छ ‘प्रेम काण्ड’को यथार्थता


    बुधबार, मंसिर २१ २०७९
    1.9K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा ‘इन्गेजमेन्ट’पछि विवाह नहुँदा युवतीले गत आइतबार साँझ ७ बजे केटाकै घरमा पुगेर ‘आत्मदाह’ गरेकी छन्।    
    काठमाडौंको दरबारमार्गस्थित ‘केल्मी नेपाल’की अपरेशन म्यानेजर २७ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा पुगी आफ्नो शरीरमा पेट्रोलियम पदार्थ छर्किएर आगो लगाएकी थिइन् ।

    त्यसपछि गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सोमबार बिहान कीर्तिपुर अस्पतालमा मृत्यु भएको स्रोतले जनाएको हो। 

    नुवाकोट जिल्ला स्थायी घर भई काठमाडौंको बुद्धनगरमा बस्दै आएकी न्यौपानेले प्रेमसम्बन्धलाई वैवाहिक रुप दिन नसकेपछि यस्तो कदम चाल्न बाध्य भएकी हुन्। 

    प्रेम सम्बन्धमा रहेका पुष्पा र  झापा घर भई धुम्बाराहीमा बस्दै आएका सुदनबीच केही दिन अगाडि ईन्गेजमेन्ट भएको थियो । पारिवारिक सहमतिमै उनीहरूको इन्गेजमेन्ट भएको बताइएको छ । सुदनले पुष्पासँग ईन्गेजमेन्ट गरेर एकाएक गत शनिबार तोडेका थिए । सुदनले ईन्गेजमेन्ट तोडेको दुई दिनमै पुष्पाले सुदनको घरमै पुगेर आफ्नो शरीरमा ट्रोलियम पदार्थ छर्किएर आगो लगाएकी हुन् । जल्दै गरेको अवस्थामा फेलापरेकी उनको उपचारका क्रममा मृत्यु भयो ।

    पुष्पाका आफन्तले सुदनसहित बुबा दिनेश संग्रौला, आमा विन्दु संग्रौला र दाइ मधु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा प्रहरीमा किटानी जाहेरी दिए ।

    प्रहरीले सोमबार चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाईसकेको छ ।

    काठमाडौं जिल्ला अदालतले बुबाआमा र दाइलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ ।

    ईन्गेजमेन्ट तोड्न सुदन संग्रौलालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति समेत पाइसकेको छ ।

    सुदन र पुष्पा २०७८ मा नजिकिन थालेका थिए । मायाप्रेम बाक्लो भएपछि उनीहरूका बीच विवाह गर्न ईन्गेजमेन्ट समेत भएको थियो । पछि के कारणले हो दुई दिनमै सुदनले पुष्पासँग ईन्गेजमेन्ट तोड्न पुगेका थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार